Posts

सपना (गजल)

Image
 बिहान अनि रातमा पनि तिम्रै सपना हरपल यादमा आउने तिम्रो सपना गहभरि आशु हुनु हो सपना निदरिमा पनि आँखामा आउने हो सपना। रुवाऊनु र हसाउनु हो सपना दिनभरी रोइ हत्केलाले आशु पुछ्नु हो सपना पाउनु र गुमाउनु हो सपना रातभर उसकै यादले सताउनु हो सपना मायामा आशा हो सपना पिडामा शान्ति हो सपना तिमीलाई पाउनु खोज्नु हो सपना यादमा पागल बनाउनु हो सपना ॥                                         लेखक : केशव घिमिरे

नेपाली साहित्य : निबन्ध

नेपाली साहित्य  नेपाली समाज विभिन्न रीतिरिवाज, सस्कृति, भाषा, साहित्य, परम्पराले आदि विभिन्न कुराले सम्बृद्ध छ। नेपाली साहित्य र नेपाली समाजका विविध कुराहरु परस्परमा सम्बन्धित छन्। नेपाली साहित्यले समाजको विभिन्न प्रकारका सकारात्मक तथा नकारात्मक दुवै पाटाहरूलार्इ केलाउन काेशिस गरेकाे छ। साहित्यमा दत्तचित्त भएर लागेका विभिन्न अग्रज सष्टाहरुले यस क्षेत्रलाई माथि उकास्नकाे लागि विभिन्न काम गर्नुभएको छ। सिद्धिचरण श्रेष्ठ, ह्रदयचन्द्र सिंह प्रधान, लक्ष्मी प्रसाद देवकोटा, भैरव अर्याल, आदि यसका ज्वलन्त उदाहरण हुन्। नेपाली साहित्यमा विभिन्न प्रकारका विधाहरू छन्। कथा, कविता, गजल, उपन्यास, निबन्ध, गीत, नाटक, एकाङ्की आदि साहित्यका विभिन्न विधाहरु हुन्। विभिन्न व्यक्तित्वहरुले यस्ता क्षेत्रमा कलम चलाएर नेपाली साहित्यमा ठूलो योगदान दिएका छन्। लेखकहरुका राेचक एवं प्रेरणादायी रचनाका कारण धेरै मानिसहरुले यसप्रति चासो देखाएका छन्।  कुनैपनि सिर्जना त्यतिबेला सार्थक हुन्छ जब त्यो सिर्जनाले समाजको वास्तविक कुरालाई विषयवस्तु बनाएर समाजका मान्छेहरुलार्इ सचेत बनाउछ र दीर्घकालीन विकासकाे लागि सहयोग ग...

सरस्वती पूजा (वसन्त पन्चमी)

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।। हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।। जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने मालासहित सुशोतित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ । उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् । सरस्वती पूजाको दिन विद्याकी देवी सरस्वतीको पूजाँ तथा आरधाना गरिन्छ। यस दिनमा विद्यार्थी, भक्तजन, गुरु, सङ्‌गित साधना गर्ने व्यक्तिहरुले तथा अन्य व्यक्तिहरुले माता सरस्वतीकाे अारधना गर्ने गर्छन्।  विद्यार्थीहरुले आफ्नाे जीवनमा सरस्वती माताकाे कामना रहिरहाेस र अाफूसँग भएकाे अल्छिपना, लापरवाही र ईष्या र घमण्डकाे हरण गरियोस भनि पूजा तथा आरधाना गर्ने गर्छन।  देवी सरस्वतीलाई हिन्दुहरूले ज्ञान र वाणीको अभिप्रायको रूपमा पूजा गर्छन्। उनी कला, सङगीत, दर्शन, रचनात्मकता, बुद्धि र शिक्षाको संरक्षक हुन्। देवी सरस्वतीले ब्रह्माको पत्नी, सरस्वती, लक्ष्मी र पारवतिको पवित्र त्रिदेव देवी रूप धारण गरेकिछिन। प्रत्येक वर्षको माघकाे 'शुक्ल पक्ष' वा पूर्णि...

पारिजात : जीवनी

Image
पारिजात   नेपाली साहित्यको क्षेत्रमा समय समयमा विभिन्न व्यक्तिहरुले जन्म लिएका छन्। ती मध्यका एक हुन् पारिजात । पारिजात पारिजातको जन्म दार्जिलिङको लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उनको पिता कालुसिंह वाइबा एक चिकित्सक थिए र माता अमृत मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा ( वास्तविक नाम: विष्णु कुमारी वाइबा ) हो, तर लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो, जुन उनी आफैले रोजेकी थिइन्। उनका असङ्ख्या कृतिहरूले जिवन्त सुभास दिएर यस नामलाई सार्थक पारेका छन्। साहित्यका विभिन्न बिधामा कलम चलाउने भएकाले नै पारिजात लाई बहुमुखी प्रतिभा सम्पन्न नारी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवादी, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद विसङ्गतिवाद इत्यदि भाव पाइन्छ। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.सं. २०११ सालमा काठमाडौँ भित्रिएकी पारिजातले पद्मकन्या विद्याश्रमबाट प्रवेशिका र पद्मकन्या कलेजबाट बी.ए. सम्मको पढाई हासिल गरेकि थिइन्। अङ्ग्रेजी बिषयमा एम.ए. गर्ने इच्छाले त्रिभुवन विश्वविद्यालयमा उनी...

शिक्षा : कविता (सुनिल महत्तो)

Image
   शिक्षा  शिक्षा त्यो चिज हो जसले ढुङ्गालाई पगाल्छ मानवलाई उज्यालो तिर शिक्षाले नै दोहोय्राउछ शिक्षा हो ज्ञानको भण्डार यो हो सत्यको खानी  शिक्षाको मार्गमा हिड्नु बन्न सक्छौ तिमी ज्ञानी। कर्तव्यको पथमा हिड्न शिक्षाले नै सिकाउँछ आफू मरे पनि शिक्षाले नै जीवन दान दिने छ फैलाउछ शिक्षा मानवमा सत्य अहिंसा र प्रेम बनाउँछ ज्ञानी मानिसलाई बढाउँछ उसको मान। शिक्षा हो दिनको घाम रातको चन्द्रमा पनि छर्दछ प्रकाश ज्ञानको सिकाउँछ बन्न महात्मा नी बनाउँछ शिक्षाले मानवलाई ज्ञानी र भलाद्मी सिकाउँछ यसले मानवलाई : नबन्नु कहिल्यै घमण्डी। प्रकृतीबाट मानवले पाए अनेक शिक्षा त्यै शिक्षालाई पछ्याउदै आज बने उ बुद्ध शिक्षा बिना एकपल पनि चल्न सक्दैन यो भूमि शिक्षा नै हो जन्मथलो यहि नै हो कर्मभूमि। शिक्षा हिन भए मानिस हुदैन उसको विकाश पर्छ पछि उ सधैँ जीवनको हुन्छ सत्यानाश सक्दैन गर्न काम उस्ले, कठिन परिस्थिति आउँछ जहिले पर्खेन समयले उसलाई, किन लिएन शिक्षा पहिले ? त्यै भएर हे मानव रोज मार्ग शिक्षाको यो भन्दा अरू केहि ठूलो छैन यो हो अमूल्य धन व्यक्तिको।।।             ...

को ठुलो (कथा)

 को ठुलो ?  एकादेशमा एउटा ठूलो धना जङ्गल थियो। जङ्गलमा धेरै जनावरहरू र चराचुरूङ्गीहरू बस्थे। त्यस जङ्गलमा एउटा हात्ती र एउटा बाँदर अत्यन्त मिलेर बसेका थिए। उनीहरू सँगसँगै खानेकुरा खोज्न जान्थे। जन्म र स्वरूपले अलग भए पनि ती दुबै साह्रै मिलेका थिए। जङ्गलमा मित्रताकाे सुन्दर उदाहरण बनेका उनीहरु सबैका आदर्श थिए।  त्यही जङ्गलमा एउटा स्याल पनि बस्थ्याे। त्यसले बाँदर र हात्ती दुबैलार्इ पालै पालो कान फुकेर फाटाे ल्याउने विचार गर्याे । उसले दुबैलार्इ ' उ भन्दा तिमी पाे ठुलो ' भनेर उचाल्ने काम गर्याे। स्यालले बारम्बार आफूलाई ठूलाे भनेका कारण बाँदर र हात्तीमा आफूलाई ठुलो मान्ने अभिमान पलायाे। परिणामस्वरूप एक दिन उनीहरूका बिचमा ' काे ठूलो ? ' भन्ने विषयलाई लिएर वादविवाद चर्कियाे। उनीहरु बिच ठुलाे झगडा भयाे। तर उनीहरूले को ठुलो भन्ने टुङ्गाे लगाउन सकेनन्। आफ्नो झगडा टुङ्गिने अवस्था नदेखिएपछि झगडाको छिनोफानो गरिदिन लाटोकोसेरोलार्इ अनुरोध गर्ने विचार गरेर दुबै लाटोकोसेरो कहाँ गए।  लाटोकोसेरोले उनिहरुको कुरा सुनेपछि भन्यो, " तिमीहरु दुबै जना खोलापारी गएर नरिवल टिपेर ल्याअो।"...

झमक घिमिरे (जीवनी)

Image
  झमक घिमिरे  मानिसमा साहास र हिम्मत भयाे भने उसले जस्तोसुकै कठिन कार्य पनि सहज ढंगले सम्पन्न गर्न सक्छ। शारिरिक रुपमा कमजाेर देखियता पनि मानसिक हिसाबले अत्यन्त शक्तिशाली देखिन्छन। यस्ता व्यक्तिहरुले समाजमा उल्लेखनिय काम गरेर संसारमा अाफूलाई चिनाउन सफल भएका हुन्छन्। ति मध्येका एक हुन् झमक घिमिरे। झमक घिमिरे झमक घिमिरेकाे जन्म बुबा कृष्णप्रसाद धिमिरे र अामा अाशादेवी धिमिरेका जेठाे सन्तानका रुपमा वि.सं. २०३७ असार २१ गते धनकुटा जिल्लाको कचिडे भन्ने ठाउँमा भएको थियो। उनि जन्मिदा देखिनेै शारिरिक रुपमा अशक्त थिइन्। उनका हातगाेडा चल्दैनथे। उनकाे बाेलि पनि फुट्न सकेकाे थिएन। उनी जन्मजात मस्तिष्क पक्षद्यातकाे रागले पीडित थिइन्‌।   बाल्यकालमा झमकको विशेष रेखदेख र स्याहारसुसार उनकी हजुरअामाबाट भएकाे थियाे। हजुरअामाले उनलाई अत्यन्त दु:खका साथ हुर्काउने काम गरिन्। हजुरअामाकाे निधन भएपछि झमकलाई उनकी अामाले बडो सिनेमामा साथ लालनपालन गर्ने काम गरिन्। झमक अपाङ्ग भएतापनि अाफैँ केहि गरेर संसारमा बाँच्न चाहन्थिन्। उनी शारिरिक रुपमा कमजाेर भएता पनि मानसिक रुपमा भने सबल बन्दै गइन्। उनकी ब...

स्वार्थी दुनिया (कविता : सुनिल महत्तो )

 स्वार्थी दुनिया मानव आज किन छन है स्वार्थी सुन्नदैनन् कसैको उपदेश र अर्ति सबै जना आफ्नो भलो मात्र चाहान्छन सबैलाई टेकी ऊ अघि बढि रहन्छ। आजका मानिस किन छन है यस्ता आफु आफुमा पारिरहेछन अनेकता मनमा उब्जिरहेछ मेरो प्रश्न एउटा किन भयो होला मानिसको जन्म यो भूमिमा? गुणको पनि अवगुण हुदो रहेछ आज बाँच्नै ग्राह्रो हुदो रहेछ असल भइ मानिस माझ अरूको भलाई सोच्नेहरू रहेछ कम मात्र आफ्नै आफन्तले पनि घोप्दो रहेछ छुरा पेट भित्र।। समाजको यस्तो विकृतीको गर्नुपर्छ अन्तय अब भइ सधै नि:स्वार्थी बनौँ सभ्य मानव भइ सधै नि:स्वार्थी बनौँ सभ्य मानव।।। लेखक : सुनिल महत्तो         

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)