Posts

काल्पनिक माया - An Illusion of Love

Image
कुनै समय उसका ती तस्बीरले भरिने मेरो त्यो एलबम आज उनको एक तस्बीरको लागि तड्पि रहेछ कुनै समय नजिक आउँदा अतासिदै ढुकढुकाउने यो मुटु आज उस्कै याद मेटाउन खोजिरहेछ  दुरी यति बढाएछौ कि तिमीले तिम्रो नाम लेख्दा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछ ।।   समय त्यो पनि थियो  जब उस्को घरको बाटो हिड्दा मुटुको ढड्कन एकास्सी बढ्थ्यो यि नयनले हरपल उसैलाई नै खोज्थ्यो तर समयले यसरी कोल्टे फेरीदियो हामी दुईको बाटो गन्तव्य नपुग्दै सकियो   दोष सायद मेरो पनि थियो होला तिम्रो एक मुस्कानलाई माया सम्झी आफ्नै दिललाई लिलाम गर्न पुगेछु तिमीलाई त बस पलभरको साथ चाहिएको रहेछ मैले त हामी दुइको सुन्दर संसार नै बुन्न थालेछु तिमीले त मलाई यति भ्रम मा उल्झ्याएछौ तिम्रै मिठो सपनामा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछु ।। तिम्रै मिठो सपनामा रमाउने यो मन आज तिम्रै आवाज देखी टाढा भाग्न खोजिरहेछु ।।                                                ...

शिक्षाको महत्व - Poem Reflecting Importance of Education

Image
सभ्यताको मार्गदर्शक हो शिक्षा ज्ञानको ज्योती छर्ने, दिव्य प्रकाश हो शिक्षा  कहि कतै ठेस लागे जीवनमा  दिन्छ हौसला, सहारा र प्रेरणा कसैको  बैसाखी त कसैको चस्मा  बनि दिने सहारा सदैव, यही नै त हो शिक्षा मानिसलाई सक्षम बनाउने  बलियो आधार हो शिक्षा  अन्धकार हटाई उज्यालो ल्‍याइदिने  विहानीको न्यानो घाम हो शिक्षा  अथाह ज्ञानको स्रोत,  अमुल्य रत्‍न हो शिक्षा   मानिसको जीवन  बद्लिदिने  कोशे ढुङ्गा हो शिक्षा  शिक्षाको महत्व बुझँ  र बुझाउँ शिक्षा नै हो जीवन जीवनको आधार नै शिक्षा  शिक्षा नै हो जीवन जीवनको आधार नै शिक्षा  ।। - सुनिल  महतो                                                          

सपनाको खोजी - A never ending journey

Image
 सपनाको खोजी सपना कति प्यारो छ है त्यहि सपनालाई अङ्गाल्दै टाढा जानु छ दुःख मात्र होइन साथी खुसीले घरको छानो छाउनु छ   त्यो कालो बादलको डरले कति बस्नु अब हिम्मत गरेर त्यो झ्याल खोल्नु छ अनि सुर्यको तेज प्रकाशले त्यो जीवन उज्यालो पार्नु छ ।।   जीवनको मोडमा कैयौँ बाधा आए पनि हरेस नखाइ अघि बढ्नु छ दुनियाले लडाउन खोजे पनि उठेर संसार जित्नु छ कुरा काट्छन दुनिया ले – काट्न देऊ । तिमीलाई त बस आफ्नो आमाको ओठमा मुस...

तिम्रो मायामा .....!! (गजल)

 तिम्रो मायामा .....!! आज खोला नाला पनि सुन्य देख्छु सधै झुल्ने ती धानका वालाहरु पनि आज मौन देख्छु समयपनि खै किन हो आज रोके झै लाग्छ सधैँ खुशी हुने मेरो मन आज अशान्त झै भाछ ॥ चोट लागि घायल भएको भए, सायद निको हुनेथ्यो यो घाउ तर चोट त मेरो मुटुमा लाग्यो, यसको ओखती खै कहाँ पाऊ सोचेको थिए मायामा संसार जितुला भनि तर भ्रममा परेको रैछु म त, खोसियो त्यै सानो परिवेश पनि ॥ सुन्दर फुलबारीका अनेकौ फुलहरु मध्ये  तिमी त सुन्दर गुलाव हौँ म त केवल तिम्रै वरिपरि उम्रिएको जङ्गली झार हुँ त्यसैले त होला, तिमी त महलमा सजिन्छौँ म भने सधैँ कुनामा बसि तिमीलाई मात्र सम्झिन्छु ॥ चोखो मेरो मायाको सामु तिम्रो धन ठुलो हुनपुग्यो साचो मायाले लेखेको पत्र तिम्रो लागि सादा कागज भयो सँगै खाएका ती वाचा कसम, आज केवल मिठा यादमा सिमित छन् सधै तिम्रो आेठमा मुस्कान चाहान्थे, आज आफ्नै हाँसो कतै हराएका छन् ॥ दोष तिमीलाई दिन चाहान्न, समय नै दुश्मन भएपछि के नै लाग्छ र कसैको यहाँ जब आफ्नाले नेै पराई ठानेपछि सधै खुशि रहनु प्रिय, मुस्कान हट्न नदिनु ओठमा तिमीले छाडि गएपनि, म छु सधै तिम्रो साथमा तिमीले छाडि गएपनि, म छु सधै ति...

पर्खाइ - An illusion .....( Part 2)

Image
  कति सजिलो छ है कसैलाई माया लगाउन त्यति नै कठिन हुदो रहेछ , कसैलाई बिर्सिन वाचा कसम त बस क्षणिक रहेछ यहाँ थोरै खुसिको लागि पनि अल्झिदो रहेछ जीवन ।।   कति सजिलै बदलिए यि परिवेश र पाखाहरु अनि कति सजिलै बदलियौ तिमी र तिम्रा वाचाहरु चटक्कै बिर्सिएर ती सारा वाचा , कसम र यादहरु अचानक कहाँ हरायौ तिमी छोडि आँशुले भरिएका उपहारहरु ।।   माया त तिमीले पनि गर्थ्यौ नि प्रिय ? आखिर परीक्षा मेरो मात्र किन ? म पनि त खोला तर्दै थिए , एकलै किनारमा पुग्यौ किन ? पौडि खैल्न आउदैन , थाहा थियो तिमीलाई आखिर किनारमा बाधिँएको   डोरी फुकायौ किन ?   धेरै वर्ष बितिसकेछ तिम्रै प्रतिक्षामा टोलाइरहन्छु अझै पनि म तिम्रै कल्पनामा जहाँ छौ खुसि हुनु , मुस्कुराईरहनु प्रियतमा बिर्सिए नि तिमीले मलाई तिमी त छौ नि मेरो सम्झनामा सधै रहिरहने छौ मेरो सम्झनामा ।।   लेखकः सुनिल महतो   अन्य मार्मिक कविताहरू : पर्खाइ भाग - १  प्रियसिलाई पत्र आकाश रोइहेछ माया लाउन छोडिसके

उ शब्दबिहिन छ : A voice reflecting pain and torture....

Image
 उ शब्दबिहिन छ .......।  कुन शहरमा जाओस ऊ आफ्नो लागि न्याय खोज्न ? वषौ देखि दुखिरहेको त्यो घाउमा मलम लगाउन  जीर्ण ती संरचना, अवशेष बनिसकेँ,  आफ्ना थिए जो हिजो, आज पराई बनिसकेँ । समाजका भलादमीले उसलाई बन्द कोठामा थुनेको छ थिए उसका रहर पनि, सब छिया छिया परेको छ कराउदै छ ऊ दिन रात, तर आवाज उसको दबिएको छ  अब त उसका ती ओठ चल्नै छाडे, ऊ शब्दबिहिन भएको छ । अन्याइ त म सँग भयो, तर मलाई दोषी ठान्छ यो समाज झुठको साथ दिनेको नै सजिदो रहेछ शिरमा ताज बोल्न खोज्नेलाई नै शब्दबिहिन  पार्दो रहेछ यो समाज  हो बोल्न खोज्नेलाई नै शब्दबिहिन  पार्छ यो समाज  ।।  - कञ्चन लामा कक्षा:  ९ काठमाण्डौँ, नेपाल अन्य मार्मिक कृतिहरुः प्रियसिलाई पत्र आकाश रोइहेछ माया लाउन छोडिसके पर्खाई कहि हराएका कहानीहरू ।

म त पराई भए.....। : Sad Nepali Gajal

Image
म त पराई भए   ...........। त्यो कालो औँसीको रातमा म त केवल छाया भएँ सँगै तिमी छौ , र पनि म त पराई जस्तो भएँ ।।   सधैँ चम्किने त्यो जूनले पनि आज किन मुख छोपि दिए हिजो मात्र बोलेको थिए , आज छिनमै पराई भएँ ।।   देखावटी रैछ तिम्रो माया सपनाबाट बल्ल बिउँझेँ तिमी मै संसार देख्छु भन्थी , म त आज पराई भएँ   सँगै तिमी छौ , र पनि म त पराई जस्तो भएँ म त पराई नै भएँ ।।                                                                        -  सुनिल महतो

Parkhai (पर्खाइ) : Nepali Sad Love Poem

Image
पर्खाइ उठलानकी तिम्रा ती पाइला भनी क्षितिज पारी कुरिरहेछु विडम्बना! बाटो तिम्रो मोडिसकेछ पागल म! तिमीलाई नै पर्खी रहेछु ॥ तिमी आउछौ भन्ने झुठो आशमा कतिन्जेल मनलाई सम्हाल्न सक्छु र म ? एक झलक तिम्रो, हेर्न पाउँ भनी यी नयनले अझै पनि तिमीलाई नै पर्खी रहेछु म ॥ समयले तिमीलाई कहाँ, मलाई कहाँ पुरायो नङ्ग र मासु जस्ता हामी, एकै छिनमा पराइ बनायो भन्छन् बगेको खोला पनि फर्किन्छन् रे एकदिन फेर्लाकी कोल्टे समयले भनि, पर्खिरहेछु त्यो दिन ॥ क्षितिज पारी त्यो पिपलुको रुख मुनि आइदिनु प्रिय सम्झिएर तिमी पर्खिरहेछु म आज, पर्खिरहनेछु जुनि जुनि पर्खिरहेछु म आज, पर्खिरहनेछु जुनि जुनि ॥ - सुनिल महतो अन्य मार्मिक कविताहरू : प्रियसिलाई पत्र आकाश रोइहेछ माया लाउन छोडिसके

सपना ( सायरी ) - ममता राई

Image
 सपना मनभरी रहरहरूले , भरिएको हुन्छ सपना ताराहरुको संसार झैं, छरिएको हुन्छ सपना ॥ सबै कुरो आफ्नै निम्ति हासिल हुनुपर्छ भन्ने, संसार जित्ने तृष्णाले, खरिएको हुन्छ सपना ॥ चरी झैं उड्न पाए, जून तारालाई छुन पाए, यस्तै यस्तै चाहानामा, दरिएको हुन्छ सपना ॥ कहिले टुटेर गइदिन्छ , कहिले फुटेर गइदिन्छ,  पानीको फोका जस्तै तरिएको हुन्छ सपना ॥ - ममता राई

माया लाउन छोडीसके - सुनिल महतो (कविता)

Image
माया लाउन छोडीसके …… भयो अब लेख्दिन ती पत्र अनि चिठीहरु  कोर्दिन अब यी हातले तिम्रा कोमल नयनहरु  छार्दिए सम्झिन अब ती बितेका पलहरु  सुकिसके अब मेरा आँखाका ती आँशुहरु ॥ पत्र‌ के‌ लेख्नु जब लेख्ने कुरा सकिसकेँ तिम्रो नयनमा केवल तिखो कडा बनिसकेँ सम्झना नै बस् थियो एउटा साहारा त्यो पनि खै किन धारिलो छुरा बनिसके ।। यात्रा जीवनको अनौठो छ, माया बिना अपुरो साथ दिन्छु भन्ने नै यहाँ राख्छन नाता पराईको  आँशुले भिजेका परेली मेरा अब सुक्न थालीसकेँ एकलास त्यो ठाउँमा कठै जीउदो लाश बनिसकेँ ।। प्रश्न के गर्नु अब, जब यी चोटहरुले उत्तर दिसके‌ तिम्रो नाम यो हृदयबाट अब मैले मेटीसकेँ बाँकी थिए केवल तिम्रा ती तीता-मिठा यादहरु  त्यो पनि वर्षा को पानीमा अब बगिसके ।। अब छाडिदिए मैले माया लाउन - काल्पनिक कुरामा समय फाल्न   यो दिललाई मैले सन्दुकमा बन्द गरिसकेँ  भो अब मैले माया लाउन छोडीसकेँ  हो मैले माया लाउन छोडीसकेँ ।। - सुनिल महतो 

आकाश रोइरहेछ (कविता) - सुनिल महतो

Image
 आकाश रोइरहेछ .....! के भयो त्यो बादललाई आज ऊ एक्लै मौनतामा अल्झिरहेछ उसका ती दुःखका वेदनाहरू झरी बनी पृथ्वीमा झरीरहेछ त्यही झरीमा रुझ्दै आज म हिँडिरहेछु उता आकाश रोइरहेछ त यता म आफ्ने आँशु पिइरहेछु ॥ हावा संगै उडी जाने त्यो बादल उडेर खै कुन ठाँऊमा पुग्छ जहाँ नेर पुगे पनि, त्यो कालो छाया आफैं सँग लान्छ बादल जस्तै भएको छु, समयको बताश सँगै उडिरहेछु दिलको भारी बिसाउ कहाँ , विसाउने चौतारी खोजिरहेछु उता आकास रोइरहेछ त यता म आफ्नै आँशु पिइरहेछु ॥ एक दिन त्यो कालो बादललाई चिर्दै घामका मधुर किरणले यो मुटुलाई छुनेछ रोइरहेको त्यो आकाशले पनि हसिलो मुहार फेर्नेछ  ती हृदयपनि दुःखको भारी विसाई चैनको सास फेर्नेर्छ हो म त्यही दिनको पर्खाईमा छु जव निलो आकाश मुनी सयौँ फुल फुल्नेछ किनकि रात पछि दिन अनि दुःख पछि सुख अवस्य आउने छ त्यो दिन अवस्य आउने छ ॥ - सुनिल महतो

फर्केर आउने छु म .....। (कविता)

Image
  फर्केर  आउने छु म .....। हिजो बाटो बिराएर कतै हराएको थिए म  आमा तिम्रो छायाबाट कतै टाढीएको थिए म  साक्षी राखेर ती तिम्रा यादहरु, फर्कि आउने छु म  हराएका ती अोठका मुस्कान फिर्ता ल्याउने छु म ॥ दैवको लिला अचम्मको किन, बुझ्न नै नसकिने छिनभरको उज्यालो पछि फेरी अध्यारो झेल्न पर्ने  आशा अझै बाँकी छ त्यसैले हरेस खादिन म  त्यो कालो रात चिर्दै भएपनि फर्कि आउने छु म ॥ तिम्रै काखमा बस्न पाए, भुल्छु म सारा पिडा सातै रङ्ग इन्द्रेनी छाउँछ यहाँ तिमी मेरो साथमा हुँदा  कारण तिमी हौ मेरो अस्तित्वको, मनन् गर्ने छु सधैं म तिम्रो मान अनि तिम्रो शान सबै समेटी फर्कि आउने छु म ॥ सिकायौ खेल्न, हाँस्न, दौडिन, आफ्नै माटोलाई माया गर्न दियौ ज्ञान बुद्धि, विवेक सबै, सिकायौ असल मानिस बन्न सिकेका ती सबै कुराहरू जीवनमा लागू गर्दै जाने छु म आफ्नै भेष भुषालाई सम्झी फर्केर आउने छु म ॥ आफ्नै माटोमा पसिना र रगत बगाउने छु म  मेरी प्रिय आमा तिमीलाई सम्झी फर्केर आउने छु म  मेरी प्रिय आमा तिमीलाई सम्झी फर्केर आउने छु म ।। लेखक : सुनिल महतो

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)