Posts

आकाश रोइरहेछ (कविता) - सुनिल महतो

Image
 आकाश रोइरहेछ .....! के भयो त्यो बादललाई आज ऊ एक्लै मौनतामा अल्झिरहेछ उसका ती दुःखका वेदनाहरू झरी बनी पृथ्वीमा झरीरहेछ त्यही झरीमा रुझ्दै आज म हिँडिरहेछु उता आकाश रोइरहेछ त यता म आफ्ने आँशु पिइरहेछु ॥ हावा संगै उडी जाने त्यो बादल उडेर खै कुन ठाँऊमा पुग्छ जहाँ नेर पुगे पनि, त्यो कालो छाया आफैं सँग लान्छ बादल जस्तै भएको छु, समयको बताश सँगै उडिरहेछु दिलको भारी बिसाउ कहाँ , विसाउने चौतारी खोजिरहेछु उता आकास रोइरहेछ त यता म आफ्नै आँशु पिइरहेछु ॥ एक दिन त्यो कालो बादललाई चिर्दै घामका मधुर किरणले यो मुटुलाई छुनेछ रोइरहेको त्यो आकाशले पनि हसिलो मुहार फेर्नेछ  ती हृदयपनि दुःखको भारी विसाई चैनको सास फेर्नेर्छ हो म त्यही दिनको पर्खाईमा छु जव निलो आकाश मुनी सयौँ फुल फुल्नेछ किनकि रात पछि दिन अनि दुःख पछि सुख अवस्य आउने छ त्यो दिन अवस्य आउने छ ॥ - सुनिल महतो

फर्केर आउने छु म .....। (कविता)

Image
  फर्केर  आउने छु म .....। हिजो बाटो बिराएर कतै हराएको थिए म  आमा तिम्रो छायाबाट कतै टाढीएको थिए म  साक्षी राखेर ती तिम्रा यादहरु, फर्कि आउने छु म  हराएका ती अोठका मुस्कान फिर्ता ल्याउने छु म ॥ दैवको लिला अचम्मको किन, बुझ्न नै नसकिने छिनभरको उज्यालो पछि फेरी अध्यारो झेल्न पर्ने  आशा अझै बाँकी छ त्यसैले हरेस खादिन म  त्यो कालो रात चिर्दै भएपनि फर्कि आउने छु म ॥ तिम्रै काखमा बस्न पाए, भुल्छु म सारा पिडा सातै रङ्ग इन्द्रेनी छाउँछ यहाँ तिमी मेरो साथमा हुँदा  कारण तिमी हौ मेरो अस्तित्वको, मनन् गर्ने छु सधैं म तिम्रो मान अनि तिम्रो शान सबै समेटी फर्कि आउने छु म ॥ सिकायौ खेल्न, हाँस्न, दौडिन, आफ्नै माटोलाई माया गर्न दियौ ज्ञान बुद्धि, विवेक सबै, सिकायौ असल मानिस बन्न सिकेका ती सबै कुराहरू जीवनमा लागू गर्दै जाने छु म आफ्नै भेष भुषालाई सम्झी फर्केर आउने छु म ॥ आफ्नै माटोमा पसिना र रगत बगाउने छु म  मेरी प्रिय आमा तिमीलाई सम्झी फर्केर आउने छु म  मेरी प्रिय आमा तिमीलाई सम्झी फर्केर आउने छु म ।। लेखक : सुनिल महतो

हो म चोर हुँ...। (कविता)

 हो म चोर हुँ...। हो म चोर हुँ...। थाहा छैन मलाई आज, कसरी पोखुँ मेरो मनको व्यथा सबैले त मलाई चोर भन्छन् विर्सिसके मेरो अस्ल्लि नाम सायद कमैले सुन्छन् होला मेरो यो कहानी आखिर सबको नजरमा चोर हुँ म, यसैमा सिमित मेरो जीन्दगानि ॥ हो म चोेर हुँ, आफ्नो जीवन धान्न चोर्छु, बालबच्चा र जहान घरमा , उनिहरुलाई पाल्न चोर्छु घरको अवश्था कमजोर छ हजुर तिन वटै पिल्लर ढलिसके, त्यहि बाँकी एउटा पिल्लर बचाउनका लागि चोर्छु ज्यादारि गरेर पाल्न सकिन मैले, त्यसैले त वाध्य भएर चोेर्छु मेरो दु:ख र मेरो वाध्यता मलाई मात्र थाहा छ, सुनाऊ पनि कसलाई सुनाऊ, सुनिदिने को छ र ? आखिर सबको नजरमा चोर हुँ म , यो वाहेक अर्को चिनारी के छ र ? हो म चोर हुँ, तर अहिले सम्म कुनै गरिबको ढुकुटि रित्याएको छैन्, अरुले झै सढेआम बजारमा कुनै स्त्रीलाई कूदृष्टिले हेरेको छैन्, सानो तिनो चोर हुँ, अहिले सम्म कुनै लुटपाट र दकैति गरेको छैन्, कसैको अस्मिता माथी प्रहार गरि उसको ईज्जत लुटेको छैन्, बदलाको भावना म सँग छैन्, कसैको ज्यान लिएको छैन्,  अरुले झै खुलमखुल्ला धुस मैले खाको छैन्, वस् क्षणिक सुखको लागि चोरी गरे, त्यो वाहेक अरु केहि गरे...

प्रियशीलाई पत्र....(गजल)

Image
  प्रियशीलाई पत्र.... मुटुभरिका ति भावनाहरुलाई सङ्गालदै एउटा गीत बुन्दैँछु मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु, दिलभित्र लुकेका ती मायाका शव्दहरुले गीतलाई सजाउदैँछु, मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु ॥ थाहा छैन कहाँबाट खोजी ल्याउ ती शव्दहरु  जसले तिम्रा सुन्दरताको वयान गर्न सकून, जसले तिम्रा ती कोमल मनमा मायाका वहार ल्याउन सकून । मायाका ति शव्दकोशहरुमा तिनै शव्दहरु खोज्दैँछु, भेटिएका तिनै शव्दहरुलाई मायाको धागोले उन्दैँछु, मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु, सपनिमा तिमिलाई नै देख्छु, हरेक पल तिमीलाई नै सम्झन्छु मायाको यो सागर कति ठुलो, अब त यसैमा डुब्न चाहान्छु, कस्तो मिठो आभास हो यो, अब यसैमा हराउन चाहान्छु, मेरो जीवनको पानाहरुमा पनि तिम्रै नाम लेख्दैँछु मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु ॥ तिमीसँग विताएका पलहरु ,आहा कति प्रिय, अनि कति मिठा तीनै पलहरुलाई अङगालदै आज यो प्रित उन्दैँछु मेरा यिनै शव्दहरुले तिम्रो दिलमा बसाई सर्न खोज्दैँछु मेरी दिलकी रानी उनि, उनै प्रियशीलाई आज पत्र लेख्दैँछु मुटुभरिका ती ...

कहि हराएका कहानीहरु..... (भाग : २)

कहि हराएका कहानीहरु..... (भाग : २)  जहिले मुस्कान मात्र रही रहने तेरो मुहार कहिले देखाईनस् त्यो पछाडि लुकेको बेथा हर समय ठट्टा गर्ने त कहिले भन्न चाहिनस् तैंले जैले भोगिरहेको दुःखको कथा  मेरो सबै प्रश्नको उत्तर हुन्थे तँ सँग तर तैंले आफ्नै जीवनको उत्तर भेट्न सकिनस् म उदास हुँदा हँसाउन खोजिरहने तँ कैले आफ्नै मनको उदासीता मेट्न सकिनस्स सबैलाई माफ गर्न सिकाउने तैँले कहिले आफैलाई बिना गल्तीको पनि माफ गर्न सकिनस् मेरो मुस्किल समयमा भर दिने त आफ्नो कठिन परिस्थितिमा पनि कैले मेरो भर परिनस् मलाई कुलतमा नलाग भन्ने तँ आज मलाई थाहा छैन तर कुनै गल्लीको कुनामा लागूपदार्थ सेवन गर्दै छस् आज तेरो बाहिरी इन्द्रिय र अंग त जिउँदो होलान् तर भित्र भित्र त मर्दै छस् मलाई ज्ञात छैन न त तैँले भनिस तँ बद्लिन् के कुरा को जोड थियो पारिवारिक समस्या थियो या तेरो प्रेमको वियोगको तोड थियो तर जे थियो त्यो कुराले हाम्रो मित्रतालाई कहिले नसोचेको मोड दियो मेरा त यो काल्पनिक कथा होला तर यसै गरी एउटा सानो घटनाले उमंगले भरिपुर्ण जीवन बनाइदिन्छ रित्तो सुमधुर सम्बन्ध कसैको पीडा नबुझिदिदा भै दिने गर्छ तीतो त्यसैले सु...

सायरी सङ्ग्रह

 सायरी सङ्ग्रह सायरी १  : दृष्टिकोण आँखामा फूल राखेर हेर संसारलाई  सुन्दर स्वर्ग देख्नेछौ ! आँखामा काँडा राखेर हेर संसारलाई कुरुप नर्क देख्नेछौ ! कति काँडाले मात्र हेरेर आफ्नै आँखा बिझाउँछौ ? एक चोटी फूलले हेरन, सारा सजीव तिमीतिरै मुस्कुराइरहेको देख्नेछौ । किनकि,   संसार आफू अन्सार ॥ लेखक : प्रजिता खनाल सायरी २ : मनको चाहा विहानिको निद्रा खुलोस सिर्फ तिम्रो सासले, " सानु उठ न ढिलो भयो " भन्ने बोलीको मिठासले ! " ह्या, नकराउ " भन्दै रिसाएर कोल्टे म फेर्दा, मेरो रिस शान्त पार्न तिमीले मलाई अङ्गालोमा बेर्दा,  कस्तो होला त्यो पल हाम्रो सम्झदा नै प्यारो । " उठेपछि एक छिन सुत न " भनेर नाडी तान्दै मेरो।।। लेखक : प्रजिता खनाल री सायरी ३ : सपना मेराे सपना सायद यो बादल जस्तै  आज बिलाएर जान्छ त भोली  फेरी फर्केर नयाँ बनी आउँछ मेराे भाग्य सायद यो हावा जस्तै  कहिले सितल बतास त कहिले यसले आधिहुरि ल्याउँछ अनि सायद मेराे जीवन यो निलो आकाश जस्तै  कहिले यसमा सेता सुन्दर बादल  त कहिले कालो गज्रिने बादल छाउँछ ॥ लेखक: आशेस भट्टराई

कहि हराएका कहानीहरु.....- कविता(भाग : १)

कहि हराएका कहानीहरु..... भाग :१ ओइ सुन त  किन त आफ्नो संसार ठानी आर्काको सपनाको संसारमा रमाउँदै छस् किन तैंले प्राप्त नगरेको चीज गुमाउनु पर्छ भनी डराउँदै छस् के तेरा ती सपना अनि रहर त्यति सस्तो छ र संघर्ष गर्न छाड्छस् रे! के जिन्दगी तैंले सोचे जस्तो छ र? संसार जित्ने सोच राख्ने कलिला दिमाग तेरा सिर्फ एक पाना नपल्टिदैमा फाल्छस् रे पूरा जिन्दगीको किताब खेरा मैले त सोचेको थे पंखा नपलाएका कलिला सपना पूरा गर्न तँ लड्छस् होला बाधा अर्चनालाई बाटो लगाई अघि बढ्छस् होला तर तेरो सपनाको महल पनि पिधमा घाउ लागेको काच् को गिलास सरी रहेछ तैंले खनाएका रहरका तरल सबै बेर्थ बगी गएछ  मौन छस् अब बोल्दैनस् आफ्नो मार्ग भेटी सकिस् रे शान्तिको पथ रोजिस् अनि रहरका घाँटी रेटी सकीस् रे तेरा मासुम रहर तेरा चिता सँगै जली गयो होला तेरा सपना अब आधा बाटो मै स्तब्ध भयो होला अब तेरा याद पनि तेरा आस्थि झै सेलाउदै जान्छ मित्र तेरो तस्बिर अब केवल भित्तामा टागिने छ  अनि यही कुरा को भय ले खाँदै छ मुटु भित्र भित्र  ॥ लेखक : आशेस भट्टराई

मन्दिर, भगवान अनि भक्त - कविता

 मन्दिर, भगवान अनि भक्त मन्दिर त्यो ठाउँ जहाँ खोलाको किनारमा बगेको शालिग्रामलाई पुजिन्छ मानेर भगवान मन्दिर त्यो ठाउँ जहाँ भेटिको रकमले निर्धारण गरिन्छ भक्तको स्वाभिमान ॥ मन्दिर त्यो ठाउँ जहाँ ती निर्जीव ढुङ्गाको हुन्छ पवित्र दुग्धले स्नान तर त्यही मन्दिर बाहिर भोको पेट पाल्न मागी रहने सजीव हुने गर्छ अपमान ॥ कसरी विश्वास गरु त्यो मन्दिर अनि त्यो भगवान, जब त्यो भोक नबोक्ने पत्थर चौरासी बेन्जन खानेकुराले लजिज छन् तर त्यै भगवानका कति भक्तको रात, 'भोली एकछाक खान पाए ' भन्ने सपनाले सजिन्छन् ॥ कसरी मानौँ मन्दिरको शक्ति अनि कसरी विश्वास गरौँ त्यो स्वार्थमा सिमित भक्ति जब त्यै मन्दिरका पुजारी भनाउदा नै निस्कने गर्छन् लोभी र कप्टी ॥ कसरी विश्वास गरौँ मन्दिरमा जब अरबौँ रुपयाँ लगानी हुन्छ केवल त्यै अन्धविश्वासमा  अनि अस्थाउने गर्छ हजारौं आशा सरस्वतीको आगमन अनि विद्यालय स्थापनाको आशमा ॥ किन विश्वास गरौँ त्यो मन्दिर जुन केवल पत्थरको लागि ठडिन्छन् तर त्यै मन्दिरको भगवानको भक्तको घर कुहिएको बासको आडले अडिन्छन् ॥ कसरी विश्वास गरौँ त्यो स्वार्थी भक्ति जहाँ माग्छन् केवल आफ्नो भलो मात्र भगवानका त...

महामारी- कविता

महामारी   कठिनाई  र त्रास  यो विश्वले खप्पनुपर्ने कति ? हाम्रै पुस्ताले रहेछ भोग्नुपरेको दुख भएजती  कहिले भुकम्प र नाकाबन्दी त कहिले कोरोनाको डर  मान्छे देख्दा मान्छे भाग्नुपर्छ कस्को गर्नु भर ?  सोत्तर भयो जनमानव, निरही रह्यो सरकार  आँखा अगाडि जनता मरेको हेर्ने नेताहरु बेकर ! जनता मरेका हैनन, राज्यले गरेको हत्या हो भन्छु म त  कर तिर्दा पनि उपचार नपाएर जनतालाइ भयो खत ॥ लकडाउन भनी गरिबहरु भोकै सुत्नुपर्ने  फाइदा उठाइ नेताहरु घुसखोरी गर्ने  छिमेकी राष्ट्रले दिएको सहयोग समेत छैन जनतालाई जनता मारी भुँडी भर्छन पचाएर हिनतालाई । रोगले होइन जनता आज भोकले मरिराछन् महामारिले निम्त्याएको ऋणको खाल्टोमा फसिराछन् जनताको हातमुख जोडिदिने छैन कोहि सपूत  भोट मात्र माग्ने, काम केही नगर्ने, भए सबै कपुत ॥ पढाइ भयो अस्तव्यस्त एउटै कक्षामा पटक पटक  फोन त नलाग्ने देशमा चलिराछ अनलाइन क्लासको चटक  कती गारो विद्यार्थीलाई स्रोतसाधन छैन केही पनि  अनलाइन पढाएर फिजिकल परीक्षा लिन्छन् मूर्खहरु त्यहि पनि ॥ स्वास्थ र समयलाइ मध्यनजर गरि केही विकल्...

ए परीक्षा ! (हाँस्य व्यङ्ग्यात्मक कविता)

 ए परीक्षा !  ए परीक्षा ! त किन आउँछस् घरिघरि त्रास, डर र चिन्ता निम्त्याएर मनभरि प्रश्न सोधिदिन्छस् रङ्गीचङ्गी थरिथरि ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥ तेरै कारणले आँशु टल्पलिन्छन आँखाभरि प्रश्न कस्तो आउला भनेर डरै नै डर छ मनभरि तर पनि प्रयास जारी छ मरि मरि ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥ कलेज गएर पढ्ने मात्र दिनभरि जहिले पढ्ने - तर परीक्षा नआओस् जीवनभरि परीक्षा नआए त सुत्न पाइन्थ्यो पेटभरि ए परीक्षा ! त किन आउँछस् घरिघरि ॥ लेखक : प्रजिता खनाल भीमढुङ्गा, काठमाडौं

मातृभूमि - कविता ( विद्या गिरि)

 मातृभूमि  हामी जन्मेको, हुर्केको र खेलेको ठाउँ हो मातृभूमि विश्वमा जहाँ गएपनि सक्दैनौ बस्न हामी यसलार्इ भुलि प्रकृतिका सुन्दर उपहारहरु पनि यसै ठाउँमा छन् मातृभूमिलार्इ जोगाइ राख्ने राम्रो छ नेपालीको मन ॥ नेपाल भनेर चिनिने हाम्रो मातृभूमि निकै नै सुन्दर छ संसारकै अग्लो सगरमाथा भएको देश भनेर चिनिन्छ कहिल्यै नसुक्ने खोलानालाहरु बग्छन् यहि भूमिमा आफ्नो मातृभूमि सम्झेर, विकासको कामहरु गरेर, पुगेका छन चुलोमा ॥ हरियो वन नेपालको धन भनेर चिनिन्छ हाम्रो देशलाई युगौं युगसम्म जोगाइ राख्ने छौ हाम्रो आफ्नै क्षेत्रलाई प्राकृतिक र सांस्कृतिक रुपमा नै धनी छ हाम्रो देश नेपाल अनेक मठमन्दिर, दरवार र कलाकृतिले नेपाली संस्कृतिलाई बनाएको छ विशाल ॥ अनेक जातजाति बसोबास रहेको नेपाल, अनेक फूल फुल्ने फुलबारी १२३ भाषा बोलिने सुन्दर देश हाम्रो हामी सबै नेपाली विभिन्न चाडपर्वहरु मनाइन्छ हाम्रो सुन्दर मातृभूमिमा फरक धर्म तथा जात भएपनि एक आपसमा मिलेर बस्छन एउटै भूमिमा ॥ लेखक : विद्या गिरि  भीमढुङ्गा, काठमाडौं

प्यारो जन्मभूमि - कविता (कृतिका कोइराला)

 प्यारो जन्मभूमि  शान्तिप्रेमि गौतम बुद्ध जन्मिएको देश भिन्नाभिन्नै रीति यहाँ भिन्नाभिन्नै भेष पूर्वजनले रङ्गाएका नेपाल यो हाम्रो जहाँ जता धाए पनि नेपाल नै राम्रो ॥ हिमालको हिउँ जस्तै निश्चल हाम्रो मन बगिरहने खोलाको जस्तै क्रियाशील तन पहाडको अटल त्यो बिश्वास लिइ साथमा सजाउनेछु नेपाललाई  यहि सुन्दर माथमा ॥ मादलुको घिन्ताङ अनि बाँसुरीको धुन सबैलाई प्यारो लाग्छ तिमी पनि सुन सोरठी र मारुनीको ताल त्यो मिलाई मान दिन्छु सबैलार्इ चाहे ती हुन पराई ॥ मुक्तिनाथ हलेसी र पाथीभरा पुग्छु ॐ मणि पद्मे हुं भनि मन्त्र जप्छु ईशुका ती मार्गदर्शन सधैं साथ राखी सामीप्यको मस्जिदलाई श्रद्धापूर्वक ढोक्छु ॥ एकता र सहिष्णुता मूल मन्त्र हाम्रो सबैलाई आदर गर्ने बानी कति राम्रो नेपालको पहिचान बचाई राख साथी विश्वमा नै पुग्छ पक्कै सबै भन्दा माथि ॥ लेखक : कृतिका कोइराला कक्षा : १२ काठमाडौं, नेपाल

धेरै रुचाएका कृतिहरु :

नेपाली साहित्य : निबन्ध

तिम्रो मायामा .....!! (गजल)

बालबालिकाको अधिकार हामी सबैको सरोकार-कविता

प्रियशीलाई पत्र....(गजल)