माया लाउन छोडीसके - सुनिल महतो (कविता)

माया लाउन छोडीसके …… भयो अब लेख्दिन ती पत्र अनि चिठीहरु कोर्दिन अब यी हातले तिम्रा कोमल नयनहरु छार्दिए सम्झिन अब ती बितेका पलहरु सुकिसके अब मेरा आँखाका ती आँशुहरु ॥ पत्र के लेख्नु जब लेख्ने कुरा सकिसकेँ तिम्रो नयनमा केवल तिखो कडा बनिसकेँ सम्झना नै बस् थियो एउटा साहारा त्यो पनि खै किन धारिलो छुरा बनिसके ।। यात्रा जीवनको अनौठो छ, माया बिना अपुरो साथ दिन्छु भन्ने नै यहाँ राख्छन नाता पराईको आँशुले भिजेका परेली मेरा अब सुक्न थालीसकेँ एकलास त्यो ठाउँमा कठै जीउदो लाश बनिसकेँ ।। प्रश्न के गर्नु अब, जब यी चोटहरुले उत्तर दिसके तिम्रो नाम यो हृदयबाट अब मैले मेटीसकेँ बाँकी थिए केवल तिम्रा ती तीता-मिठा यादहरु त्यो पनि वर्षा को पानीमा अब बगिसके ।। अब छाडिदिए मैले माया लाउन - काल्पनिक कुरामा समय फाल्न यो दिललाई मैले सन्दुकमा बन्द गरिसकेँ भो अब मैले माया लाउन छोडीसकेँ हो मैले माया लाउन छोडीसकेँ ।। - सुनिल महतो