हो म चोर हुँ...। हो म चोर हुँ...। थाहा छैन मलाई आज, कसरी पोखुँ मेरो मनको व्यथा सबैले त मलाई चोर भन्छन् विर्सिसके मेरो अस्ल्लि नाम सायद कमैले सुन्छन् होला मेरो यो कहानी आखिर सबको नजरमा चोर हुँ म, यसैमा सिमित मेरो जीन्दगानि ॥ हो म चोेर हुँ, आफ्नो जीवन धान्न चोर्छु, बालबच्चा र जहान घरमा , उनिहरुलाई पाल्न चोर्छु घरको अवश्था कमजोर छ हजुर तिन वटै पिल्लर ढलिसके, त्यहि बाँकी एउटा पिल्लर बचाउनका लागि चोर्छु ज्यादारि गरेर पाल्न सकिन मैले, त्यसैले त वाध्य भएर चोेर्छु मेरो दु:ख र मेरो वाध्यता मलाई मात्र थाहा छ, सुनाऊ पनि कसलाई सुनाऊ, सुनिदिने को छ र ? आखिर सबको नजरमा चोर हुँ म , यो वाहेक अर्को चिनारी के छ र ? हो म चोर हुँ, तर अहिले सम्म कुनै गरिबको ढुकुटि रित्याएको छैन्, अरुले झै सढेआम बजारमा कुनै स्त्रीलाई कूदृष्टिले हेरेको छैन्, सानो तिनो चोर हुँ, अहिले सम्म कुनै लुटपाट र दकैति गरेको छैन्, कसैको अस्मिता माथी प्रहार गरि उसको ईज्जत लुटेको छैन्, बदलाको भावना म सँग छैन्, कसैको ज्यान लिएको छैन्, अरुले झै खुलमखुल्ला धुस मैले खाको छैन्, वस् क्षणिक सुखको लागि चोरी गरे, त्यो वाहेक अरु केहि गरे...